काठमाडौंमा पुनः भूकम्पको धक्का

काठमाडौंमा पुनः भूकम्पको धक्का महसुस भएको छ । तर, कहाँ केन्द्रबिन्दु बनाएर कति रेक्टरस्केलको भूकम्प गएको हो जानकारी आइसकेको छैन ।

यसअघि आज बिहान लम्जुङको भुलभुले केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको थियो । लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल अहिले प्रहरीसहितको टोली लिएर घटनास्थल निरीक्षण गरिरहेका छन्।



उनले अहिलेसम्म ३ जना घाइते भएको सूचना प्राप्त भएको जानकारी दिए। भूकम्पले थुप्रै घर भत्किएको, चर्किएको उनले बताए।

सम्बन्धित समाचार