सीमावर्ती क्षेत्रमा तनाव, नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवक घाइते

पश्चिम नवलपरासीको दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् । प्रतापपुर गाउँपालिका ६ कठहवामा गोली लागेर २२ वर्षीय अविनाश राय घाइते हुनुभएको स्थानीय बासिन्दाले बताएका छन् ।

सीमा बन्द भएको बेलामा पनि भारतबाट अवैध रुपमा सामान ल्याउँदै गरेका ३ जना युवालाई प्रहरीले रोक्न खोजेको र अटेरी गरेकाले गोली चलाउन बाध्य भएको प्रहरीको भनाइ छ । घटनापछि सीमावर्ती गाउँ नेपाल भारत दुवैतर्फ तनाव बढेको छ ।



प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले घटनाका बारेमा थप जानकारी लिने प्रयास भैरहेको बताउनुभएको छ ।

सम्बन्धित समाचार