आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ? १२९ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ३५७ जनाको पीसीआर परीक्षण र ७४८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ९८० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।



नेपालमा थप १२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १२९ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप ८ हजार ८४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । निको हुने दर ७५।८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४४, उदयपुरमा ८, ओखलढुंगामा ७२, खोटाङमा ४९, झापामा ३४४, ताप्लेजुङमा २, धनकुटामा १८, भोजपुरमा ७, मोरङमा ३२५, संखुवासभामा ५५, सोलुखुम्बु २१ र सुनसरी १६० जनामा कोरोना भेटिएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा १०२, पर्सामा ७७, बारामा १६२, महोत्तरीमा २७, रौतहटमा ४२, सप्तरीमा ११२, सर्लाहीमा ४० र सिरहामा १२ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ८११ जनामा कोरोना भेटिएको छ । काभ्रेमा ५२५, चितवनमा १५५, दोलखामा १४, धादिङमा १७३, नुवाकोटमा १४२, भक्तपुरमा १७९, मकवानपुरमा १८७, रसुवामा १०, रामेछापमा ८३, ललितपुरमा ३२८, सिन्धुपाल्चोकमा १६५ र सिन्धुली १०१ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १६६, गोरखामा ५६, तनहुँमा ५९, नवलपरासी पूर्वमा २८, पर्वत ७, म्याग्दी २, लमजुङमा १६, बागलुङमा २ र स्याङजामा ३३ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३०, कपिलवस्तुमा ५२, गुल्मीमा ८४, दाङमा १०९, नवलपरासीमा ७८, पाल्पामा १०७, प्यूठानमा ५, बर्दियामा ५२, बाँकेमा १७९, रुपन्देहीमा २५५ र रोल्पामा ८१ जना छन् ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २०, जाजरकोटमा १, जुम्ला १२, दैलेखमा ७२, रुकुम पश्चिममा १५, सल्यानमा १४०, सुर्खेतमा ३५३ र हुम्लामा ३ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ८६, कञ्चनपुरमा १४८, कैलालीमा ६६१, डडेल्धुरामा २६, डोटी २५, दार्चुला ५४, बाजुरामा ३ र बैतडीमा २० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार