जसपा अध्यक्ष उपेन्द्र यादवले पाए यस्तो अधिकार

जनता समाजवादी दल (जसपा)ले अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको केन्द्रीय कार्यकारीणि समितिको बैठक बोलाउने र निर्णय प्रमाणिकरण गर्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ।

जसपामा उपेन्द्र यादव र महन्थ ठाकुर अध्यक्ष छन् भने बाबुराम भट्टराई संघीय परिषद अध्यक्ष छन्। पार्टीको बैठक बोलाउने र निर्णय प्रमाणिकरण गर्ने अधिकार ठाकुर र यादवलाई छ।



फुटको संघारमा पुगेको जसपाका यादव–बाबुराम तथा ठाकुर–महतो पक्षका नेताहरु बेग्लाबेग्लै बैठक बस्ने र अलग ढंगले चल्ने गरेका छन्। हिजोको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्ष्टिकरण सोध्ने निर्णयसमेत गरेको छ।

सम्बन्धित समाचार