नवकान्तिपुर संवाददाता
काठमाडौं, १० जेठ ।

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको नेता छविलाल विश्वकर्माले जानकारी दिए ।
सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ । यससँगै मुख्यमन्त्री त्रिलोचन भट्ट अलपमतमा परेका छन् ।
अब सुदुरपश्चिममा विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना देखिएको छ । विपक्षी गठबन्धनबाट पनि भट्ट नै मुख्यमन्त्रीको दाबेदार रहेको स्रोतको भनाइ छ।

