राष्ट्रपतिको संवादलगत्तै १० लाख खोप दिने चीनको घोषणा

चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप अनुदानमा दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उपलब्ध गराउन आग्रह गर्दै टेलिफोन गरेपछि चिनियाँ समकक्षी सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चिनियाँ राष्ट्रपतिले खोप सहयोग गर्ने घोषणा गरेको पुष्टि गरेकी हुन् ।



यसअघि चीनले ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।

सम्बन्धित समाचार