विद्यार्थीलाई ल्यापटप किन्न कर्जा, सिमकार्ड नि:शुल्क

सरकारले सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्‍याउने उद्देश्यका ल्यापटप किन्न कर्जा दिने भएको छ ।

शनिबार बजेटमार्फत सरकारले एक थान ल्यापटप खरिद गर्न ८० हजारसम्म २ वर्षसम्मका लागि कर्जा दिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।



यस्तो कर्जाका ब्याज एक प्रतिशतसम्म मात्र हुने अर्थमन्त्री विष्णु पौडेलले बताए। त्यसैगरी, १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्डसमेत निस्शुल्क उपलब्ध गराइने मन्त्री पौडेलले बताए ।

सम्बन्धित समाचार