नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ कार्तिक।

स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सुनमा प्रतितोला ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य रु १० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९८० कायम भएको छ ।
हिजो मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९७० कायम भएको थियो ।
