१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक, कुन क्षेत्रमा कति विनियोजन ?

सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड वित्तीय व्यवस्था २ खर्ब ७ अर्ब ९७ करोड बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष आगामी आर्थिक २०७८-०७९ को आय व्ययको विवरण ९बजेट० प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड बजेट विनियोजन गरेको उल्लेख गरे । वित्तीय हस्तारन्तरणतर्फ विनियोजित बजेटमध्ये चालु खर्चमा समानुकरण अनुदानसहित ३ खर्ब २५ अर्ब २४ करोड पुँजीगत तर्फ ६० अर्ब ९७ करोड बजेट विनियोजन भएको छ ।



स्रोत व्यवस्थापनतर्फ राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड वैदेशिक ऋणबाट ३ खर्ब ९ अर्ब २९ अर्ब र आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब स्रोत व्यवस्थापन गरिने बताए । यस्तै सरकारले ६३ अर्ब ३७ करोड विदेशी अनुदानको आशा गरेको छ ।

कुल स्रोत व्यवस्थापनमा सरकार ३ खर्ब ५९ अर्ब ३० करोड ऋणको भर परेको छ ।

सम्बन्धित समाचार