बजेटप्रति कांग्रेसले दियो यस्तो प्रतिक्रिया

विपक्षी दल नेपाली कांग्रेसले सरकारले शनिवार सार्वजनिक गरेको बजेट कार्यान्वयनको आधार नभएको बताएको छ । नयाँ सरकार आएमा यो बजेट स्वीकार्य नहुने कांग्रेसको भनाइ छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले अर्थमन्त्री विष्णु पौडेलले शनिवार सार्वजनिक गरेको बजेटलाई कार्यान्वयन गर्न नसक्ने झुटको पुलिन्दाको संज्ञा दिए ।



बजेटबारे प्रतिक्रिया दिँदै महतले भने-‘बजेटमा भन्नका लागि त केही चिज बाँकी राखेको छैन, तर बजेटको साइज नै ठूलो छ । सबै चिज गर्छुभन्दा ठूलो बनाएको छ । एकतिहाइ अर्थात साढे ५ खर्ब त ऋणबाटै व्यहोर्ने भनेको छ । राजनीतिक रूपमा भन्दा अवैधानिक प्रक्रियाबाट संसद् छलेर यो सरकारले अवैधानिक रूपमा निरन्तरता पाएको छ । जेभन्दा जनताको भावनालाई सम्बोधन गर्न सकिन्छ कि भनेर सबै चिज भनेको छ । तर यो पहिला जस्तै झुटको पुलिन्दा हो । पहिलाको पनि हेर्‍यौं, कार्यान्वयन त भएन ।’

सम्बन्धित समाचार