नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ जेठ ।

पूर्व प्रधानमन्त्री तथा जनाता समाजवादी पार्टीका (जसपा)का संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले सरकारद्वारा प्रस्तुत बजेटमार्फत एमालेले सिधासादा मतदातालाई ललीपप बॉडेको टिप्पणी गरेका छन् ।
पूर्व अर्थमन्त्री समेत रहनुभएका डा भट्टराईले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे ट्वीटरमार्फत प्रतिकृया दिँदै लेखेका छन्– ‘अर्थमन्त्रीमार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन । सिधासादा मतदातालाई ललीपप बॉडेको देखियो ।’
डा भट्टराईले पपुलिज्ममा पनि खासै सिर्जनात्मकता नदेखिएको भन्दै बजेटमा घिसेपिटेका नारा र कार्यक्रम मात्रै भेटिएको समेत टिप्पणी गरे । उनले सरकारले अध्यादेशमार्फत ल्याएको बजेटले जनस्तरमा खासै प्रभाव नपर्ने आशयमा व्यङ्ग्य गर्दै लेखेका छन्– ‘एउटै नयॉ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो !’

