एमसीसी सम्झौताका लागि बजेट छुट्याएपछि भीम रावलले दिए यस्तो चेतावनी

नेकपा एमालेका नेता भीम रावलले अमेरिकी परियोजना एमसीसीका लागि सरकारले बजेट छुट्याएको प्रति असन्तुष्टि जनाएका छन् । देशको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितविपरीत परियोजना संसदबाट पास हुनुअघि नै बजेट छुट्याएको प्रति असन्तुष्टि जनाएका हुन् ।

उनले ट्विटमा लेखेका छन्, ‘नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि प्रमं केपी नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो । यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गरौं ।’



प्रधानमन्त्री ओलीको लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गर्न आग्रह गरेका छन् । विवादास्पद एमसीसी प्रधानमन्त्रीले संसदबाट पास गराएर कार्यान्वयन गराउने पक्षमा थिए । तर, पार्टीभित्रबाटै एमसिसीको विपक्षमा उभिएपछि ओलीले अगाडि बढाउन सकेका थिएनन् ।

सम्बन्धित समाचार