नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ जेठ ।
एकपल्ट युनानी राजदूत आचार्य चाणक्यलाई भेट्न भनेर गए् । उनी सम्राट चन्द्रगुप्त मौर्यको राजदरबारको नजिक पुगेर आफू प्रधानमन्त्री आचार्य चाणक्यलाई भेट गर्न आएको बताउँदै उनको महल कता होला भनेर सोधे । सुरक्षाकर्मीले जवाफ दिए कि आचार्यको निवास त नगरभन्दा बाहिर छ । राजदूत अलमलमा परेको देखेर एउटा सैनिकले ती राजदूतलाई आचार्यको निवासतिर लिएर गए ।
सैनिकले राजदूतलाई नगरबाहिरको एउटा सामान्य झोपडीमा पुर्र्याए । त्यहाँ पुगेर राजदूतले दैलो ढकढक्याए । ढोका खुल्नासाथ आचार्य चाणक्य देखापरे । राजदूतले आचार्यलाई श्रद्धापूर्वक प्रणाम् गरे र भने ‘तपाई त देशको प्रधानमन्त्री हुनुहुन्छ । तपाईले चाहने हो भने सम्राटले तपाईका निम्ति विशाल महल बनाइदिन सक्नुहुन्छ । फेरि पनि तपाई यस्तो झोपडीमा किन बस्नुहुन्छ ?’
आचार्य चाणक्यले शिष्टाचारपूर्वक जवाफ दिए ‘यसमा आश्चर्य मान्नुपर्ने केही छैन । यदि देशबासीको मेहनत र परिश्रमबाट आर्जित करबाट मैले महल बनाएर बसें भने मेरो देशका जनताले सदैव झोपडीमा नै बस्नुपर्ने हुन्छ । म देशबासीको पीडा र भोगाइ बुझ्न झोपडीमा बसेको हुँ ।’
आचार्यको राष्ट्रभक्ति देखेर राजदूत नतमस्तक भए ।