ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई पक्राउ गरेको छ ।

तारकेश्वर नगरपालिका–६ पैँयुटारका कुमार थापा (नेपाली ब्रो)ले शुक्रबार राति धारिलो हतियार प्रयोग गरी ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेका थिए ।

प्रहरीले तारकेश्वर नगरपालिका–४ का ३६ वर्षीय विक्रम थापामगर, काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका–१ की २५ वर्षीया प्रतीक्षा आचार्यलाई पक्राउ गरेको हो ।

उक्त घटनामा संलग्न रहेको भन्ने किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।



हत्या आरोपमा ईश्वरीका श्रीमानलाई प्रहरीले शुक्रबार राति नै पक्राउ गरिसकेको छ । प्रहरीले उनीहरुमाथि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

घरायसी विवादमा श्रीमानको आक्रमणबाट घाइते भएकी ईश्वरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको थियो ।

रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ

सम्बन्धित समाचार