नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ जेठ ।

आफ्नै श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको अभियोगमा तारकेश्वर नगरपालिका-६ लोलाङ पैयुटार बस्ने ‘नेपाली ब्रो’ भनिने ४२ वर्षीय कुमार थापा मगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादको क्रममा कुमारले फलामको रड प्रहार गर्दा ईश्वरी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी ईश्वरीको त्रि.वि शिक्षण अस्पताल महाराजगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

