नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ जेठ ।

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका छन्। आइतबार साँझको लागि तोकिएको बैठक सोमबार बिहान बस्न लागेका हो।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान १० बजे बस्ने एक स्थायी कमिटी सदस्यले जनाकारी दिए। आजको बैठकमा एमाले नेता घनश्याम भुसालसहित १२ नेतालाई सोधिएको स्पष्टीकरणका विषयमा छलफल हुने जनाएको छ। कमिटी बैठकमा यस बारेमा छलफल हुने बताइए पनि मुख्यतः नेताहरूको कारबाहीको बिषयमा छलफल हुने जनाइएको छ।
यसअघि स्थायी कमिटी बैठकले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ नेतालाई साधारण सदस्यबाट निष्कासित गरेको थियो। आज को बैठकले नेपाल पक्षका अन्य सदस्यलाई पनि कारबाही गर्ने तयारी गरिएको छ । यस्तै बैठकमा गत शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८-७९ को बजेटको समीक्षा पनि गरिने बताइएको छ ।

