नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ जेठ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ । सोमबार साँझ ५ स् ४० मा बैठक शुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
मन्त्रिपरिषको नियमित बैठक भएको एक मन्त्रीले जानकारी दिए । अबको एक–दुई दिनमै जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुने पक्कापक्की भएको अवस्थामा आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।
सोमबार नै जसपाका नेता ठाकुर र राजेन्द्र महतो बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । आजको बैठकले जसपालाई फुट्न सहज हुनेगरी अध्यादेश ल्याउने स्रोतको दाबी छ ।

