नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ जेठ ।

आज देशका केही स्थानमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभरका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना छ।
यस्तै प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि प्रदेश १ का थोरै र बाँकी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
मौसम महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहार तथा आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ।

