दुई न्यायाधीशका विषयमा प्रश्न उठेपछि बारका पदाधिकारीसँग प्रधानन्यायाधीशको छलफल सुरु

संवैधानिक इजलास गठन सम्बन्धमा न्यायिक नेतृत्वमाथि नै प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च बारका पदाधिकारीसँग छलफल सुरु गरेका छन् । उनले अहिले भर्खरैबाट छलफल सुरु गरेका हुन् ।

प्रधानन्यायाधीश राणाले दुई न्यायाधीशका विषयमा प्रश्न उठेपछि इजलासमा रहेका चार न्यायाधीशसँग सोमबार पनि छलफल गरेका थिए ।



न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको सहभागितालाई लिएर कानुन व्यवसायीहरुले इजलासमै प्रश्न उठाएका थिए ।

सम्बन्धित समाचार