नवकान्तिपुर संवाददाता
काठमाडौं, २० जेठ ।

नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच मध्यरातमा भेटवार्ता भएको छ। प्रधानमन्त्री केपी ओलीको सरकारबाट बहिरगमनको लागि विपक्षी गठबन्धनसँग सहकार्य गरेको नेपाल समूहले नयाँ पार्टी दर्ता गर्नुभन्दा माओवादी केन्द्रमा प्रवेश गरेर निर्वाचनमा जाने तयारी गरेको स्रोतको दाबी छ ।
माधव नेपाललाई भेट्न नेता श्रेष्ठ गएराति साढे नौं बजे कोटेश्वर पुगेका थिए । उनीहरुबीच झण्डै एक घण्टा भेटवार्ता भएको थियो। भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, आगामी रणनीति र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।
स्रोतका अनुसार प्रचण्डको आग्रहमा नेता नेपालले एउटै पाटीबाट निर्वाचनमा जाने विषयमा केन्द्रीत रहेर छलफल अगाडि बढेको छ । सर्वोचचले संसद् पुनस्थापना नगरेमा विपक्षी गठबन्धन मोर्चाबन्दी गरेर निर्वाचनमा जान सहमत भएका छन् ।
नेता नेपाल पनि माओवादी पार्टी र प्रचण्डसँग राजनीतिक लाइन मिल्ने भएकोले नयाँ पार्टी दर्ता गर्नुभन्दा माओवादी केन्द्रकै नाम परिवर्तन गरेर एउटै पार्टीमा रहनु उपयुक्त हुने मनासायमा पुगेको बताइन्छ ।

