नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ जेठ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । विहीबार देखि शुरु भएको भर्चुअल बैठक अहिले ११ बजेबाट शुरु भएको हो ।
विहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले छलफलमा राय राखेपछि आज बैठक सकिनेछ । पार्टीभित्रको विवाद, विकसित राजनीतिक अवस्था र भावी योजना तय गर्नेगरी बैठक चलिरहेको छ ।
बैठकमा बोल्ने अधिकांश नेताले ओलीसँग वार्तामा नभुली नयाँ पार्टी गठनमा लाग्नुपर्ने सुझाव दिएका छन् ।

