मन्त्रिपरिषद् विस्तारबारे कांग्रेसको आयो यस्तो धारणाा

नेपाली कांग्रेसका नेता वालकृष्ण खाँणले कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित मन्त्रिपरिषद् पुनर्गठन गरेको बताएका छन्।

प्रधानमन्त्री ओलीले शुक्रबार जनता समाजवादी पार्टी९जसपा० को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। उनले नेकपा एमालेबाट सरकारमा प्रतिनिधित्व गरिरहेका अधिकांशलाई हटाउँदै नयाँलाई मन्त्री बनाएका छन्।



चुनाव घोषणा गरिसकेको अवस्थामा यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेको बेलामा सरकार पुनर्गठन गर्न राष्ट्रपतिसँग परामर्श गर्दा निर्वाचनको मिति तोकिएको हुँदा पुनर्गठन गर्न अस्वीकार गरिएको भन्दै नेता खाँणले सामाजिक सञ्जालमार्फत अहिले संविधान विपरित मन्त्रिमण्डल पुनर्गठन गरिएको बताएका हुन्।

सम्बन्धित समाचार