नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ जेठ ।

शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो साथमा ७ मन्त्रालय राखेका छन्। नेपाल समूहबाट बिद्रोह गरेर आउनेलाई मन्त्री बनाउन सात मन्त्रालय खाली राखिएको स्रोतको दाबी छ ।
राष्ट्रपति कार्यालयले जारी गरेको सूचीअनुसार उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, गृह, रक्षा, वन तथा वातारण, संघीय मामिला तथा सामान्य र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रधानमन्त्री ओलीले आफैसँग राखेका छन् ।
नेपाल समूहबाट केही प्रभावशाली नेताहरु नै खोली खेमामै समाहत हुने तयारीमा रहेको बताइन्छ । यता पूर्वमाओवादीबाट विद्रोह गरेर एमालेमा आएका नेताहरुलाई एउटा मन्त्रालय पनि नदिएकोमा भने सो समूह रुष्ट रहेको बुझिएको छ ।
पूर्व गृहमन्त्री रामबहादुर थापाले मन्त्रिपरिषद् विस्तारमा आफूहरुलाई गरिएको वेवास्थाबारे आज आफूनिकटसँग परामर्श गर्ने भएका छन् ।

