नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ जेठ ।

नेकपा एमालेका नेता वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोले चलाइरहेको मुक्ति आन्दोलन नेपाललाई विखण्डन गर्न केन्द्रित भएको बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत गौतमले नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य नहुने बताए ।
‘राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्रजीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ,’ गौतमले लेखेका छन् ।
प्रधानमन्त्री केपी ओलीले महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको बताए । शुक्रवार महतोले अब नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गरिरहेको बताएका थिए ।

