नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ जेठ ।

नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी अलगअलग भएको र सरकारबाट बाहिर भएको लामो समयपछि माओवादीले समर्थन फिर्ता लिएको हो ।
समर्थन फिर्ता लिइएको जानकारी माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले प्रदेश सभा सचिवालयलाई दिएका छन् ।
प्रदेश १ मा एमालेको एकल बहुमत छ । यद्यपि एमालेभित्रै माधव नेपाल पक्षको समर्थन नपाउँदा मुख्यमन्त्री शेरधन राई अप्ठ्यारोमा पर्ने सम्भावना पनि छ ।

