पाण्डे निवासमा नेपाल पक्षका चार नेताको छलफल

नेकपा एमाले नेता माधवकुमार नेपाल पक्षमा रहदै आएका चार नेताहरु यतिबेला पार्टी एकताको आगामी रणनीतिबारे छलफलमा जुटेका छन् । गएराति प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि वक्तव्य जारी गरेका थिए। पार्टी अध्यक्ष ओलीले नेपाल पक्षले भने अनुसार नै पार्टीलाई २०७५ जेठ ३ अगावैको अवस्थामा अगाडि बढ्न सकिने प्रतिबद्धता जनाएका थिए ।

यससँगै सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट र घनश्याम भुषाल छलफलमा जुटेका हुन् । हामीहरु छलफलमा छौं, तर पार्टी अध्यक्षको वक्तव्य र आगामी दिशाबारे केही भन्न चाहन्न, एमाले नेता पाण्डेले भने।



पार्टी अध्यक्ष ओलीको वक्तव्य पश्चात् योगेश भट्टराले तत्कालै वार्ताका र एकताका लागि बाटो खुलेको प्रतिक्रिया दिइसकेका छन् । छलफल नेता पाण्डे निवासमा भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार