काठमाडौंसहित देशका यी स्थानमा वर्षाको सम्भावना

मुलुकभर पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसस पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भेगमा आंशिक बदलीको अवस्था छ ।

आज दिउँसो र राति प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।



महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज दिउँसो काठमाडौं उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना छ ।

सम्बन्धित समाचार