गण्डकीमा यी तीन नेताले लिने भए मन्त्रीको शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई समर्थन गर्ने दलहरुबाट एकएक जना मन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

जसमा माओवादी केन्द्रले लमजुङबाट निर्वाचित मधु अधिकारीलाई मन्त्री बनाउने भएको हो । सहिद पत्नी समेत रहेकी उनले सभामुखमा पनि दाबी गरेकी थिइन् ।



जनता समाजवादी पार्टी (जसपा)बाट संसदीय दलका नेता हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) मन्त्री बन्नेछन् । उनलाई यसअघि रहेको खेलकुद मन्त्रालय नै दिइने भएको छ ।

सम्बन्धित समाचार