वीरगंज ब्यारेकका सिपाहीले आफैलाई हाने गोली, अवस्था गम्भीर

वीरगंजस्थित नेपाली सेनाको चण्डी प्रसाद गणका एक जना सिपाहीले आत्महत्याको प्रयास गरेका छन्। ती सिपाहीले आफैले बोकेको एन १६ राइफलबाट आफैलाई गोली हानेर आत्महत्या गर्ने प्रयास गरेको पर्सा प्रहरीले जनाएको छ ।

गएराति साढे ८ बजेको समयमा पर्सा, पोखरिया नपा ५ सतवरियाका २२ वर्षे श्यामबाबु प्रसाद चौहानले ब्यारेकभित्र पोस्टमा ड्युटी खटेको बेला यो घटना भएको हो। अचानक गोली पड्केको अवाज सुनेर अन्य सेनाका सिपाही गएर हेर्दा चौहानले चिउँडो मुनिबाट आँखाको मुनिबाट निसेकिने गरि गोली हानेका थिए।



त्यसपछि उनलाई तुरुन्त नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरि नेसनल मेडिकल कलेज वीरगंजमा लगिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश कुवरले जनाए। ‘घटना भएको केही बेरमा अस्पताल लगिएको छ, रक्त श्राव धेरै भएको छैन, मुख, दाँत र नाकमा घाउ छ, अवस्था गम्भीर नै छ,’ उनले भने। उनले आफैलाई किन गोली हान्ने अवस्थामा पुगे भन्ने विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

सम्बन्धित समाचार