बोधिसत्व बिहारको मानवीय सहयोग

 

सामाजिक संस्था बोधिसत्व बिहारको सहयोग तथा किवानिज क्लब अफ काठमाडौंको सहकार्यमा अपाङ्ग तथा असहाय बच्चाहरूको संरक्षण संस्थालाई खाद्य सामग्री तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।



ललितपुरको गोदावरी नगरपालिका वडा नं १० चापागाउँस्थित असहाय बच्चाहरूको संरक्षण संस्था स्पेशल एजुकेशन रिहाबिलिटेशन सेन्टरलाई २५ बोरा चामल, २५ क्यारेट अण्डा, तरकारी मसला, १२५ केजी दाल, १२५ केजी गेडागुडी र ५० लिटर खानेतेल तथा स्वास्थ्य सामग्रीहरू बोधिसत्व बिहारका नेपाल प्रतिनिधि सीता भण्डारीको उपस्थितिमा किवानिज क्लब अफ कान्तिपथ काठमाडौंका अध्यक्ष राजन न्यौपानेले स्पेशल एजुकेशन रिहाबिलिटेशन सेन्टरका अध्यक्ष गुनमाया गुरूङ र प्रबन्धक अनिस केसीलाई हस्तान्तरण गरेका थिए ।

बोधिसत्व बिहारले कोरोना महामारीमा पनि विभिन्न अस्पताल र स्वास्थ्य चौकीहरूलाई अक्सिजन कन्सेनट्रेटर मिसिनलगायतका स्वास्थ्य सामाग्रीहरू किवानिज क्लब अफ काठमाडौंको पहलमा वितरण गरी सामाजिक क्षेत्रमा उदाहरणीय काम गरिसकेको छ ।
रातोपुल, ज्ञानेश्वरमा अस्थाई रूपमा बसोबास गर्दै आएका आर्थिक विपन्न परिवारलाई पनि खाद्य सामग्रीहरू वितरण गरिएको तथा विपदमा परेकाहरूलाई विभिन्न समयमा विभिन्न प्रकारको मानवीय सहयोग गर्दै आएको क्लबका अध्यक्ष राजन न्यौपानेले नवकान्तिपुरलाई बताए ।

सम्बन्धित समाचार