नेपालमा थप तीन जनामा कोरोनाको डेल्टा र एकमा डेल्टा प्लस भेरियन्ट फेला

त्रिशुली अस्पताल नुवाकोटबाट पठाइएको स्वाबको पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोनाको डेल्टा र एक जनामा डेल्टा प्लस भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चार स्वाबको नमूना परीक्षण गर्दा उनीहरुमा उक्त भेरियन्ट पुष्टि भएको हो ।

पहिलो लहरको कोरोना अल्फा भेरियन्ट र दोस्रो लहरको कोरोना डेल्टा भेरियन्टभन्दा कोरोनाको डेल्टा प्लस भेरियन्ट ६० देखि १०० प्रतिशत बढी संकामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको छ । डेल्टा प्लस भेरियन्टले बालबालिकादेखि बद्धबद्धासम्मका सबै उमेर समूहका व्यक्तिहरुलाई उच्च संक्रमण गर्ने सक्ने र फोक्सोमा बढी असर पार्नसक्ने क्षमता रहेको छ ।



सो डेल्टा प्लस भेरियन्ट नै कोरोनाको तेस्रो लहरको उत्प्रेरक हुने उच्च सम्भावना रहेको विज्ञहरुले बताएका छन्।

सम्बन्धित समाचार