आसन्न महाधिवेशनले कांग्रेसको नेतृत्व परिवर्तन गर्छः वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताएका छन् । शनिबार क्रियाशिल सदस्य छानविन समितिले काम गरिरहेको ठाउँमा कामको अवलोकन गर्न पुगेका नेता पौडेलले संक्षिप्त प्रतिक्रिया दिदै सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बएका हुन् ।

उनले वर्तमान सभापतिको नेतृत्व परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकोले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने बताए । पार्टीको आगामी नेतृत्व लिने व्यक्तिको लागि आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने कोशिष भइरहेको पनि नेता पौडेलले बताए । समय र परिस्थिति तथा आवश्यकता हेरेर कोही १ जनालाई उम्मेदवार बनाउन कसरत भइरहेको उनले बताए ।



अहिले आफुले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई सर्मथन गर्न आफु तयार रहेको खुलासा उनले गरे । तर आफुले कसैलाई छोड्नु अगाडि चित्तबुझ्दो कारण चाहिने उनको तर्क थियो ।
उनले महाधिवेशनको लागि आवश्यक आधारको रुपमा रहेको क्रियाशिल सदस्यताको विवाद असार मसान्त भित्र टुंगिने विश्वास आफुले लिएको बताए ।

सम्बन्धित समाचार