आज देशभर भीषण वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावका कारण देशभर मौसम बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान गण्डकी प्रदेशका अधिकांश स्थान र प्रदेश १, प्रदेश २, बागमती तथा लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा भीषण्न वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का केही स्थान भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



राति देशभर मौसम बदली रही अधिकांश वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ का केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित समाचार