नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ साउन ।

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ मा आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ। आइतबार दिउँसो भक्तिशरी राईको गाई गोठमा आगलागी हुदाँ सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी चार वर्षीया छोरी धनकुमारी खड्काको जलेर मृत्यु भएको हो।
यस्तै‚ गोठभित्र रहेको दुईवटा गाई र चारवटा खसी बाख्रा समेत जेलेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। बालिकाले गाईगोठभित्र लाइटर खेलाउँदा गोठमा आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रमुख काफ्लेले बताए।

