प्रधानमन्त्री देउवा उपत्यकाको कोरोना खोपकेन्द्र अनुगमनमा

कोरोनाविरुद्धको खोप आपूर्ति र वितरणलाई सरकारको अर्जुनदृष्टि बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज काठमाडौं उपत्यकाका कोरोना खोप केन्द्रको निरीक्षण तथा अनुगमन गर्दैछन् । आज विहान १० बजेपछि प्रधानमन्त्रीको टोली उपत्यकाका केहि सरकारी र निजी अस्पतालमा पुगेर खोप वितरणका सहजता÷असहजताबारे जानकारी लिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार प्रधानमन्त्रीले आज नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल, ललितपुर लगायतका खोपकेन्द्रको निरीक्षण गर्नेछन् । आजैदेखि काठमाडौंमा अमेरिका सरकारले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप वितरण सुरु हुँदैछ ।



खोप अभियानका क्रममा तोकिएको उमेरसमूहका नागरिक भन्दा अन्य उमेरसमूहलाई वितरण गरिएको गुनासो आइरहेको समयमा प्रधानमन्त्री आफैं अनुगमनमा निस्किएका हुन् ।

सम्बन्धित समाचार