नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ साउन ।

पछिल्लो समय लमजुङमा कोरोना संक्रमणदर बढ्दो क्रममा रहेको छ । आज मात्र २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय गण्डकीले जनाएको छ ।
त्यसै गरी लमजुङ मर्स्याङ्दी–७ का ५३ वर्षीय पुरुष,कोरोनाको कारण मृत्यु भएको छ ।
गण्डकी प्रदेशमा थप ४३८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार २०४ जनाको नमुना परीक्षण गरिएकामा ४३८ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये २०८ महिला र २३० जना पुरुष रहेका छन् ।

