भीम रावल ओली समूहमा लागेका हुन् ?

एमाले नेता शंकर पोखरेलले पार्टीका उपाध्यक्ष भीम रावल अध्यक्ष केपी ओली समूहमा लागेको अर्थ लाग्नेगरी बचाउ गरेका छन् । सांसद पदबाट राजीनामा दिएर फिर्ता लिएका उपाध्यक्ष भीम रावलको कट्टर आलोचक देखिएका पोखरेलले अहिले भने प्रतिरक्षा गरेका छन्।

उनले रावल पार्टी विभाजनको विपक्षमा लागेकोले उनको अहिले विरोध भैरहेको भन्दै त्यसलाई ‘रोइलो’ को संज्ञा दिएका छन् । राजीनामा होल्ड गरेर राख्दा नबोल्नेहरू राजीनामा फिर्तापछि विरोधमा खनिएका छन्,’ पोखरेलले भनेका छन्, ‘रावलजी पार्टी विभाजनको विपक्षमा उभिदाको रोइलो त होला१’



पार्टीका नेता, कार्यकर्ता, मतदातालगायत सबै पक्षले व्यापक ब्यापक दवाव दिएकाले भन्दै रावलले शुक्रबार राजीनमाा फिर्ता लिएका हुन्। साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा वरिष्ठ नेता माधवकुमार नेपालसँग विमति भएपछि रावलले प्रतिनिधि सभा सदस्य पदबाटै राजीनामा दिएका थिए।

सम्बन्धित समाचार