
बाह्र वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी नगरपालिका-१४ मरायण टोल बस्ने २९ वर्षीय मुकेश लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई लामाले ललाई फकाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

