प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा एक जना पक्राउ

मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमी चोकबाट ड्यूटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले सोमबार एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका-२ घर भई भक्तपुर ठिमी चारदोबाटो बस्ने ३३ वर्षीय ध्रुब बस्नेत रहेका छन् ।

मादक पदार्थ सेवन गरी आएका बस्नेतले उक्त ठाउँमा ड्यूटीमा खटिएको प्रहरी टोलीलाई हातपात समेत गरी अभद्र व्यवहार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित समाचार