तुइनबाट खसेर एक जना बेपत्ता

महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार बिहान साढे ८ तुइनबाट खसेर बेपत्ता हुनेमा सोहि गाउँपालिकाका अन्दाजी ३० वर्षीय जयसिंह धामी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बेपत्ता भएका धामीको खोजी कार्य सुरु गरिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । उनीसहित आज विहान ४/५ जनाले तुइनबाट खोला पार गरे तर धामी भने खोलामा खसेर बेपता भएका हुन् ।



सम्बन्धित समाचार