नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन ।

तेह्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेमा चाँगुनारायण नगरपालिका-७ मुहानपोखरी डेरा गरी बस्ने सूर्यगढी नगरपालिका-२ घर भएका साईला घिसिङ भन्ने २४ वर्षीय बिनायक तामाङरहेका छन् ।
गत असार ४ गते तामाङले ती बालिकालाई आफ्नै डेरामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई बाघटारस्थित त्रिशुली अस्पताल परिसरमा निर्माणाधिन भवनमा काम गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

