थप ३ हजार १०६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३ हजार १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।



कोरोना संक्रमणदरमा कमी नआएपछि स्वास्थ्य मन्त्रालयले सीसीएमसीलाई स्मार्ट लकडाउन गर्न सुझाव दिइसकेको छ ।

सम्बन्धित समाचार