एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

नेकपा एमालेले स्थानीय तहका कमिटीहरूको अधिवेशनका लागि डेडलाइन तोकेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

त्यस्तै साउन २४ गतेलाई एमाले केन्द्रीय कमिटी बैठक बोलाइएको छ । भोलि ३ बजे पुनस् स्थायी कमिटी बस्ने निर्णय गरी नेताहरू उठेका छन् । महासचिव पोखरेलले एमालेको विधानमा दुई अध्यक्षको व्यवस्था नरहेको भन्दै २०७५जेठ २ मा फर्किने भनेपछि सबै विषय त्यहिँबाट टुंगो लाग्ने बताए ।



प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

त्यस्तै विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ । त्यससम्बन्धी प्रस्तावहरूलाई अन्तिम रूप दिन र अन्य आवश्यक निर्णय गर्न साउन २४ गते केन्द्रीय कमिटीको बैठकसमेत बोलाउने निर्णय गरेको छ।

सम्बन्धित समाचार