एनपिएल-३ : आज दुई खेल हुँदै

जनकपुर र काठमाण्डु तथा कर्णाली र विराटनगर भिड्दै

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज तथा दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुन लागेका हुन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार पहिलो खेल मध्याह्न १२ः३० तथा दोस्रो खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने तालिका छ ।

सम्बन्धित समाचार