नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ साउन ।

नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बस्ने बैठकमा विधान महाधिवेशन, पार्टीभित्रको विवाद, पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
साउन १६ देखि सुरु भएको बैठकले आइतबार विधान संशोधन महाधिवेशन लगायतका निर्णय गरेको थियो ।
बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी भएका थिए भने माधव नेपाल समूह भने सहभागी भएको छैन् ।
