देउवा, प्रचण्ड र यादव छलफलमा

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ ।

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफल सुरु भएको हो । बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमको विषयमा समेत छलफल हुने बताइएको छ ।



छलफलमा मन्त्रिपरिषद् विस्तार र दलहरुबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल हुने एक स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित समाचार