नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन ।

प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौं बैठक सुरु भएको छ । आजको बैठकमा दुईवटा सम्भावित कार्यसूची रहेका संघीय संसद्का महासचिव भरतराज गौतमले बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६-०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । त्यसैगरी तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य अकबरबहादुर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने रहेको छ ।
हाल नेपाली कांग्रेसमा रहेका सिंह ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो ।
भिडियो :
भिडियो साभार :House of Representative Nepal प्रतिनिधि सभा नेपाल
