नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन ।

अन्तत: कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमको सरुवा भएको छ । गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको हो ।
त्यस्तै कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुखमा डा. भुपेन्द्र बस्नेतलाई पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार युनिफाइड केन्द्रीय अस्पतालका प्रमुखमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेका प्रमुख चार स्वास्थ्य अधिकारीको सरुवाको निर्णय स्थगित गरेका थिए ।
