नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन ।

निर्वाचन आयोगले विभिन्न ४१ राजनीतिक दलको दर्ता खारेज गरेको छ । मंगलबार बसेको निर्वाचन आयोगको बैठकले तीन बर्ष सम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने दलको दर्ता खारेज गरेको हो ।
आयोगले यही साउन २० गते देखि यो निर्णय लागू हुने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै आयोगले उक्त कुराको जानकारी गराएको हो । साथै खारेज भएका राजनीतिक दलहरुको नाम झण्डा, चिन्ह, दर्ता खारेज भएको मितिले एक बर्ष सम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने गरी आयोगबाट निर्णय भएको समेत आयोगले बताएको छ ।
४१ राजनीतिक दलको दर्ता खारेजसँगै अब आयोगमा दलहरुको संख्या ९५ वटा रहेको छ । यसअघि आयोगमा १३६ वटा दल दर्ता रहेका थिए ।
सूची :
