ओलीलाई भेट्न इन्कार गर्दै माधव नेपालले बोलाए आफू निकट केन्द्रीय सदस्यहरुको बैठक

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बुधबार बिहान ११ बजे बस्ने गरी उनले बैठक बोलाएका हुन् ।

नेता नेपालले आज एमाले अध्यक्ष केपी ओलीलाई भेट्ने कार्यक्रम तय भएको भएपनि केन्द्रीय कमिटी बैठकपछि मात्र भेट्ने भन्दै स्थगित गरेका थिए ।



नेता नेपालले जारी एकता प्रक्रियाबारे छलफल गर्न केन्द्रीय सदस्यहरुको बैठक बोलाएका हुन् । एकताका निम्ति जुटेको दशबुँदे सहमति र संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि नेता नेपालले आफू निकट स्थायी कमिटी सदस्य र सांसदहरुसँग छलफल गरिसकेका छन् ।

सम्बन्धित समाचार